सिद्धार्थ र्बैंकद्वारा शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांशको प्रस्ताव

होमल्याण्ड खबर

२०७५ मंसिर १० गते, सोमबार १५:४६ मा प्रकाशित

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७४÷७५ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांशको प्रस्ताव गरेको छ ।

यही मंसिर ६ गते बसेको सञ्चालक समितिको ३०४ औं बैठकले ५ प्रतिशतको बोनस शेयर र ८.१६ प्रतिशतको नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १३.१६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्त पूँजी ८,४६,४३,८५,२७६ रहेको छ । उक्त चुक्ता पूँजीको ५ प्रतिशत बराबरको ४२,३२,१९,२६४ बोनस शेयर तथा कर प्रयोजन सहित ८.१६ प्रतिशत बराबरको ६९,०६,९३,८३८ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।