९ मंसिर २०८१, आईतवार
कारोबार खुलेको १ मिनेटमै नेप्से सकारात्मक सर्किट लगेर २० मिनेटका लागि कारोबार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज ३.९९ प्रतिशतले बढेर २६७०.८२ को बिन्दुमा अडिएको हो ।
गत शुक्रवार मात्रै आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको थियो । मौद्रिक नीतिपछिको पहिलो कारोबारमा उछाल देखिएको हो ।
शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ ।
त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ ।
११ बजेर १ मिनेटसम्म बजारमा ५ लाख ५६ हजार ५९३ कित्ता सेयरको खरिदबिक्री हुँदा २७ करोड २० लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
पहिलो सर्किट ब्रेकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ ।