सचिवहरूसँग प्रधानमन्त्रीको छलफल

होमल्याण्ड खबर

२०८१ श्रावण १३ गते, आईतवार १२:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् ।

आइतबार सिंहदरबारमा भएको छलफलमा सचिवहरूले आफ्ना कामकारबाहीको बारेमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गराएका छन् ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी थिए ।