३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेस आज नेकपा एमालेका मुख्यमन्त्री यामलाल कडेल नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले आज नै कांग्रेस सरकारमा जाने निश्चित भएको बताए । उद्यपी पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै टुंगो लागिनसकेको उनले बताए ।
‘सरकारमा को सहभागी हुने, कसको नेतृत्वमा जाने भन्ने कुरा अझै टुङ्गो लागेको छैन । त्यो माथिबाटै आउँछ,’ उनले भने ।
शीर्ष नेताहरूले सरकारमा जाने मन्त्रीहरूको नाम पठाएपछि मुख्यमन्त्रीलाई बुझाउने कांग्रेसको तयारी छ ।
स्रोतका अनुसार जाजरकोटबाट निर्वाचित सांसद राजीव विक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने तयारी छ ।
कर्णालीको ८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ । बाँकी चार मन्त्रालय कांग्रेसले सम्हाल्ने सहमति भएको नेताहरू बताउँछन् ।