खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

होमल्याण्ड खबर

२०८१ श्रावण २२ गते, मंगलवार ११:५६ मा प्रकाशित

 अविरल वर्षा तथा बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएको छ । आज बिहानैदेखि पानी परिरहेको र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले खराब मौसमका कारण फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमै होल्ड भएको बताए । त्यस्तै स्टानाबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयरको हजाज उतै डाइभर्ट गरिएको छ ।

यताबाट बिहानै उडान सेडुलमा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित हुन पुगेको झाको भनाई छ । कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाइएको छ ।