६ बैशाख २०८२, शनिबार
शेयर बजारमा आज उछाल आएको छ। नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ को विन्दुमा उक्लिएको हो।
नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा आज हरियाली छाएको छ। सबैभन्दा बढी चमक अन्य र वित्त समूहमा देखिएको छ।
यो दिन २३९ वटा कम्पनीको शेयरभाउ बढ्दा ३ वटाको घटेको छ। कारोबार भने हिजोको तुलनामा घटेर १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँबराबरको भएको छ। हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।