९ मंसिर २०८१, आईतवार
महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा सोमबार बारा जिल्ला, प्रसौनी गाउँपालिका–२, स्थित प्रसौनी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । प्रसौनी शाखाको उद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले दीप प्रज्वलनका साथ गरेका थिए ।
शाखा उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई उल्लेख्य रूपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरूमा पनि देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत गरे ।
देशका सहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरूमा ८५ वटा शाखा तथा ३५ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ छ भने बैंकले हालसम्म करिब २६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ०९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।