९ मंसिर २०८१, आईतवार
नेपालका कप्तान पारस खड्का र बलर सोमपाल कामी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आइतबार राती जारी गरेको नयाँ वरियतामा दोहोरो स्थानमा समावेस भएका छन् । बसन्त रेग्मी बनले बलरको वरियतामात्र समावेस छन् । तीनै जना खेलाडी टी ट्वान्टी अन्तर्राष्ट्रियको वरियतामामात्र समावेस भएका हुन् ।
टी ट्वान्टी ब्याट्सम्यानको वरियतामा समावेस हुने नेपालका एकमात्र खेलाडी नेपालका कप्तान पारस खड्का हुन् । उनी ९५ औं स्थानमा छन् । यसअिघ उनी ९३ औं स्थानमा थिए । उनी दुई स्थान तल झरेका हुन् । ब्याटिंगमा पाकिस्तानका बाबर आजम पहिलो नम्बरमा छन् ।
ताजा वरियतामा नेपालका कप्तान खड्काका साथै सोमपाल कामी भने दोहोरो वरियतामा समावेस भएका छन् । पारस टी ट्वान्टी अलराउण्डर ४१ औं स्थानमा छन् । सोमपाल अलउाण्डरको ६४ औं नम्बरमा यथावत रहँदा बलरको वरियतामा भने एक स्थान माथि उक्लेका छन् । उनी पछिल्लो वरियताा ९३ नम्बरमा छन् । यसअघि बलरको वरियतामा सोमपाल ९४ औं स्थानमा थिए ।
आईसीसीले जारी गरेको वरियताअनुसार विश्वको नम्बर वन अलराउण्डरको सूचीमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् ।
यस्तै वरियतामा समावेस हुने नेपालका अर्का खेलाडी हुन् स्पीनर बसन्त रेग्मी । उनी बलरको ७५ औं नम्बरमा यथावत छन् । नम्बर वनमा अफगानिस्तानका राशिद खान छन् ।
नेपालले एक दिवसीयको मान्यता पाए पनि टीम र खेलाडी भने एक दिवसीयको वरियतामा समावेस गरिएको छैन । यस्तै टी ट्वान्टीको वरियतामा खेलाडी समावेस भए पनि टिम भने समावेस छैन ।
खेलाडीको प्रदर्शनका आधारमा क्रिकेटको सर्वोच्च संस्था आईसीसीले विश्वभरीका खेलाडीको वरियता निर्धारण गर्दै आएको छ ।