होमल्याण्ड खबर
२०८१ श्रावण २५ गते, शुक्रबार १४:३६ मा प्रकाशित
सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको सबै कागजात (डकुमेन्ट) नराख्ने भएको छ ।
समितिका सभापति ऋषिकेश पोखरेलले प्राधिकरणबाट प्राप्त भएका कागजातबाट आवश्यक मात्रै समितिले लिएर बाँकी फिर्ता पठाइदिने बताए । कुन कुन कागजात समितिलाई चाहिने हो भन्नेबारे छान्ने काम भइरहेको र त्यसबाहेकका कागजात प्राधिकरणमै फिर्ता पठाइने उनको भनाइ छ।
लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको थियो ।