१३ मंसिर २०८१, बिहीबार
भावी प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले दीपकराज जोशीसहित २ जनाको नाम संवैधानिक परिषदमा पठाएको छ ।
६ महिनाअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशीसहित चोलेन्द्रशम्शेर राणाको नाम प्रधानन्यायाधीशको नाम परिषदमा पठाएको हो ।
हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १६ देखि अवकास पाउँदैछन् ।
प्रधानन्यायाधीश ओमप्रकाश अवकास पाउनुभन्दा १ महिनाअघि नै संवैधानिक इजलासले भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा उल्लेख छ ।
सर्वोच्च अदालतको न्यायाधीशको रूपमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने संविधानमा उल्लेख छ ।
तीन जना न्यायाधीशलाई सिफारिस गर्नुपर्ने व्यवस्था भएपनि तीन वर्ष नपुगेका कारण दुई जनाको मात्रै नाम सिफारिस गरिएको हो ।
जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका व्यक्ति हुन् । न्याय परिषद्ले जोशीको नाम कैफियतमा राखेर पठाएको जनाएको छ ।