८ मंसिर २०८१, शनिबार
अधिकांश वाणिज्य बैंकहले फेरि व्याजदर घटाएका छन् । बैंकहरूले भदौ महिनाको लागि मुद्दती निक्षेपको व्याज घटाएका हुन् ।
औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको व्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा यो दर ६.७४ प्रतिशत थियो । यस आधारमा व्याजदर भदौका लागि ०.२१ बिन्दुले घटेको हो । पछिल्लो समयमा बैंकहरूबीच व्याजदर घटाउने प्रतिस्पर्धा नै चलेको छ ।
भदौका लागि १३ बैंकको व्याजदर घटेको छ भने ६ बैंकले साउनकैलाई निरन्तरता दिएका छन् । प्राइम बैंकले भने बढाएको छ । ग्लोबल आईएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले अघिल्लो महिनाकैलाई निरन्तरता दिएका छन् ।
अधिक तरलताका कारण व्याजदर घटाएर बैंकले निक्षेपकर्तालाई हतोत्साही गरिरहेका छन् । बैंकहरूले प्रणालीमा धेरै पैसा भएपछि सस्तो व्याजदरमा राष्ट्र बैंकमा राख्दै आएका छन् । जसले बैंकहरूको निक्षेपको लागत बढेको छ ।