९ मंसिर २०८१, आईतवार
गरिमा विकास बैंक शाखा कार्यालय तल्लो गगनगौंडाद्वारा पोखरा महानगरपालिका–३२, मजुवास्थित सामुदायिक सरकारी विद्यालय कालिका आधारभूत विद्यालयलाई स्वच्छ खानेपानी व्यवस्थापनका लागि ५ सय लिटरको १ थान पञ्चकन्या पानी ट्यांकी आइतबार एक कार्यक्रमकाबीच हस्तन्तरण गरियो ।
कार्यक्रममा विकास बैंकको पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारी, लघुवित्त बिभाग प्रमुख नवीन प्याकुरेल, तल्लो गगनगौडा शाखाका प्रमुख केशबहादुर गुरुङ र शाखा कार्यालय तल्लो गगनगांैडाका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङ, प्रधानाध्यापक विष्णुबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक संघका पदाधिकारीहरू विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै बैंकका पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीले सरकारले समेत उपेक्षा गर्ने गरेको सरकारी विद्यालयका विद्यार्थीहरूले स्वच्छ पिउने पानीको व्यवस्था गर्नका लागि बैंकले पानी ट्यांकी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।