३० कार्तिक २०८१, शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक बोलाएको छ ।
उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी सत्ता गठबन्धनमा रहेका दलहरूले गरेपछि रास्वपाले बैठक आह्वान गरेको हो ।
सत्तारुढ दलहरूले उपसभामुखलाई हटाउने तयारी गरेपछि पार्टीको धारणा बनाउन बैठक आह्वान भएको प्रवक्ता मनिष झाले बताए ।