मेटमणिलाई नेकपा एसले किन सोध्यो स्पष्टीकरण ?

होमल्याण्ड खबर

२०८१ भाद्र २८ गते, शुक्रबार १२:०१ मा प्रकाशित

भदौ २५ गते प्राइम टीभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ, उसको दाबी पुग्छ … जस्ता अभिव्यक्ति दिएका थिए ।
महासचिव घनश्याम भूसालले चौधरीलाई स्पष्टीकरण सोध्दै लेखेको पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् ।
हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?’
चौधरीलाई यसबारे ३ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।