३० कार्तिक २०८१, शुक्रबार
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ ।
सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको थियो ।
छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।