पठाओको दसैं महोत्सव, बम्परमा होण्डा साइन मोटरसाइकल

होमल्याण्ड खबर

२०८१ आश्विन २ गते, बुधबार १३:२८ मा प्रकाशित

राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दसैं महोत्सव २०८१’  सुरू गरेको छ। महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन्।

महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरूले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ।

हमालकाअनुसार दसैं महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा ल्याइएको हो।

‘पठाओले राइड सेयरिङ सुविधा अहिले नेपालभर दिएको भए पनि यो महोत्सव काठमाडौं उपत्यकाका लागि मात्र हो,’ उनले भनिन्।

साथै  दैनिक १ प्रतिशत कमिसन अफर पनि भएकाले यो महोत्सव चालकहरूका लागि थप कमाई गर्ने राम्रो अवसर भएको हमालको भनाइ छ।

उनका अनुसार दैनिक १ प्रतिशत कमिसन अफरमा चालकहरूले दैनिक राइड लिँदै जाँदा अफिसलाई तिर्नुपर्ने कमिसन घट्दै जाने र दैनिक १ प्रतिशतसम्म पुग्नेछ।

धेरै राइड वा डेलिभरी गर्नेमध्येबाट लक्की ड्रबाट तीनजना विजेता छनोट गरिने हमालले बताइन्। विजेताले होण्डा साइन १२५ सिसी मोटरसाइकल बम्पर उपहार पाउनेछन्।

बम्पर उपहारको लक्की ड्रमा पर्नका लागि २१ दिनभित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सिआर (कम्प्लेसन रेट)वा एसआर (सक्सेस रेट)पूरा गर्नुपर्नेछ।

हालका लागि पठाओ राइडर बन्न इच्छुकहरूका लागि नि:शुल्क दर्ताको व्यवस्था रहेको कम्पनीले जनाएको छ।