८ मंसिर २०८१, शनिबार
विगतका राजनीतिक उपलब्धिहरूलाई आत्मसात गर्दै नेपाल अब आर्थिक समृद्धितर्फ उन्मुख हुँदै गरिरहेको परिपेक्षमा राष्ट्रको सर्वांगिक विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ । देशको समग्र विकास, निजी क्षेत्रकोे सशक्तीकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिइ नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा यही मंसिर १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी कक्ष, प्रदर्शनी मार्ग, काठमाडौंमा ‘नेपाल चेम्बर एक्स्पो–२०१८’ को आयोजना गरिने भएको छ ।
निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्रािष्ट्रय आर्थिक संगठनहरूमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो । पछिल्ला तीन संस्करणहरूको सफलतापूर्वक आयोजना गरी सकेपछि नेपाल चेम्बर अफ कमर्शले मेलाको चौथो संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ । मेलामा अन्तर्रािष्ट्रय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्रािष्ट्रय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उधोगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।
गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको छ ।
यस वर्ष म्यानमार एक्स्पोको पार्टनर कन्ट्री रहेको छ । यसै गरी म्यानमारको म्यानमार उधोग वाणिज्य महासंघको सहकार्यमा उधोगी व्यवसायीहरूले सहभागिता जनाउने भएका छन्