१५ बैशाख २०८३, मंगलवार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो। ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।

