कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

होमल्याण्ड खबर

२०८१ आश्विन ४ गते, शुक्रबार १२:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भाग लिन अमेरिका प्रस्थान गरेपछि कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन् ।
राष्ट्रपति कार्यालयले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।