श्रीलंकाविरुद्ध नेपालकाे फराकिलो जित

होमल्याण्ड खबर

२०८१ आश्विन ७ गते, सोमबार १७:२९ मा प्रकाशित

नेपालले साफ यु –१७ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गरेको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए । प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो ।

अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ ।