प्रधानमन्त्री ओली र बङ्गलादेशका सरकार प्रमुखबीच भेटवार्ता

होमल्याण्ड खबर

२०८१ आश्विन १० गते, बिहीबार ११:२८ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबिच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनिहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।