सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

होमल्याण्ड खबर

२०८१ आश्विन १३ गते, आईतवार ११:१० मा प्रकाशित

अस्ति शुक्रवार कीर्तिमान कायम गरेको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ छ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

अस्ति शुक्रवार अहिलेसम्मकै महङ्गो तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँ घटेर तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।