९ मंसिर २०८१, आईतवार
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना भएको छ।
माइक्रो छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिकाको अदुवाबारी मोडमा दुर्घटनाग्रस्त भएको जिल्लाम प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
माइक्रोबसमा १६ जना यायु सवार रहेको डिएसपी भारतीले बताए। माइक्रोको नम्बर भने खुल्न सकेको छैन।
नागढुङ्गाको बाटो बन्द भएपछि अधिकांश सवारी साधन यतिबेला नुवाकोटको छहरे भएर चलिरहेका छन्।