२९ कार्तिक २०८१, बिहीबार
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरेका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले काठमाडौँमा मात्रै बाढीबाट ३७ जनाको मृत्यु भएको, दुर्गम क्षेत्रमा त सरकार कसरी पुग्ला भन्दै प्रश्न गरे ।
आजको बैठकका लागि आफू हिजो पोखराबाट प्लेनमा आउँदा बढी भाडा तिर्नुपरेको, १ बजे उड्ने भनेको प्लेन ३ बजे चढ्न पाएको तर प्रधानमन्त्री विदेशबाट अवतरण गर्न लागेको भनेर एयरपोर्ट बन्द भएको सूचनापछि फेरी प्लेनबाट झर्नुपरेको उनले गुनासो गरे । प्रधानमन्त्री आउँदा विमानस्थल किन बन्द गर्नुपर्यो ? भन्दै केसीले प्रश्न गरे ।