९ मंसिर २०८१, आईतवार
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटुरोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।
उनका अनुसार अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ ।
मन्त्रालयले हालै अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै स्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको स्वास्थ्यका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।