वायुसेवा कम्पनीले सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म सस्तोमा टिकट बेच्ने

होमल्याण्ड खबर

२०८१ आश्विन १५ गते, मंगलवार १५:२५ मा प्रकाशित

वायुसेवा कम्पनीहरूले सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म सस्तोमा टिकट बेच्ने सहमति भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेसँग वायुसेवा कम्पनीहरूका सञ्चालकहरूसँग भएको छलफलमा सडक सञ्जाल सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका हुन् ।

वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरेको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्चालन सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट विक्री नगर्ने भएका हुन ।