सरकारले हवाई इन्धनको मूल्य घटायाे

होमल्याण्ड खबर

२०८१ आश्विन १७ गते, बिहीबार १२:४१ मा प्रकाशित

हवाई इन्धनको मूल्य प्रति लिटर ६ रुपैयाँले घटेको छ । साबिकको मूल्यमा ६ रुपैयाँले हवाई इन्धनको मूल्य घटेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना निकालेर घटेको मूल्य अनुसार हुन आउने विभिन्न वृत्तखण्डको नयाँ मूल्यबारे जानकारी गराएको छ ।

बाढीपहिरो र चाडपर्वका कारण हवाई यात्रुको चाप बढेपछि यात्रुलाई सहुलियत दिन सरकारले हवाई इन्धनको मूल्य घटाएको जनाएको हो ।