राप्रपाभित्र रडाको : धवललाई हटाउने निर्णयमा डा.लोहनीको असहमति

होमल्याण्ड खबर

२०८१ आश्विन १८ गते, शुक्रबार १२:३३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गरेका छन् ।

नेता लोहनीले महामन्त्री डा. धवलशमशेर राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला संगठन विभाग प्रमुखबाट हटाएको भन्दै अध्यक्ष लिङ्देनको आलोचना गरेका हुन् । राणालाई जिम्मेवारीबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको तर्क छ ।

‘राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई संगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो । र बिरामी साथीलाई तनाव दिने काम मात्र हो ।

यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु,’ लोहनीले भनेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका थिए ।