९ मंसिर २०८१, आईतवार
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भातृ संस्था नेपाल दलित संघ केन्द्रीय कार्यसमिति (तदर्थ) मा मनोनीत सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका छन् । नेता कोइरालाले आइतबार बिहान उनको सम्पर्क कार्यालय बालुवाटारमा बोलाएर मनोनित भएकाहरूलाई बधाइ शुभकामना दिएको उनी निकट केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले जानकारी दिए ।
कोइरालाको सम्पर्क कार्यालयमा केन्द्रीय सदस्य गोविन्दराज पोख्रेल, संघीय सांसद राजेन्द्र बजगाँई, रसुवाका पूर्वसभापति बालचन्द्र पौडेल‚ सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्र थापासहित दलित संघ केन्द्रीय अध्यक्ष लोकबहादुर विक लगायत तदर्थ समितिमा मनोनित सदस्यहरू पुगेका थिए ।