९ मंसिर २०८१, आईतवार
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोस्से हलमा अहिले ९ बजेलाई बोलाएको हो ।
बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चाबिच विपक्षीदलकाे बैठक माओवादीलर बाेलाएकाे हो ।