वैदेशिक रोजगार विभागमा अनलाइन टोकन सिष्टम सुरुः तोकिएको मितिमा मात्र काम हुने

होमल्याण्ड खबर

२०७५ मंसिर १६ गते, आईतवार १५:४३ मा प्रकाशित

वैदेशिक रोजगार विभाग ताहाचलले आजदेखि लागू हुने गरी अनलाइन टोकन सेवा सुरु गरेको छ ।

विभागले श्रम स्वीकृति लिन आउनेहरुका लागि सहज रुपमा सेवा दिन उद्देश्य अनुरुप आइतबारदेखि यो प्रणाली सुरु गरिएको हो ।

अब टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरणका लागि टोकन लिनु पर्नेछ जुन अनलाइन मार्फत सजिलै लिन सकिने व्यवस्था छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोला नाथगुरागाईका अनुसार, सूचना अनुसार एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुनेछ ।