९ मंसिर २०८१, आईतवार
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले आउँदै गरेको नेपाल संवत् ११४५ लाई नयाँ वर्षका रूपमा मनाउनुपर्ने बताएका हुन् ।
उनले न्यू दया भिन्तुना:को उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गरे । उनले भने, ‘उपस्थित सम्पूर्ण महानुभावहरूलाई आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्ष हामी मनाउँदै छौँ ।
न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैलाई र नेपालमा मात्र नभई विदेशमा बस्नेहरूलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु ।
सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’