९ मंसिर २०८१, आईतवार
शाखा सञ्जाल बिस्तारको क्रममा शनिबार प्राइम कमर्सियल बैंक लिमिटेडले धनगढी उपमहानगरपालिकामा शाखा कार्यालय धनगढीको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ६६ पुगेको भन्दै बैंकले स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले शाखा कार्यालय धनगढीको उद्घाटन गरेको जनाएको छ ।
यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरूमा पनि शाखाहरूको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिबद्धता प्रकट पनि गरेको छ ।