८ मंसिर २०८१, शनिबार
लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको बुधबारदेखि दिनहुँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज सात सय रूपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोलामा ४० रूपैयाँ घटेर दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।