९ मंसिर २०८१, आईतवार
हकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ । उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजदासमा म्याद थपका लागि लगिएको हो । अहिले म्याद थपबारे बहस चलिरहेको छ । रविसँगै उनका व्यापारितक साझेदार तथा नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको पनि बहस जारी छ ।
पक्राउ परेकासँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ । अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले म्याद थपका लागि आज अदालतमा पेस गरिएको प्रहरीको भनाइ छ ।
गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डिआईजी जोशीको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।