१५ सय रुपैयाँले बढ्दै सुनको मूल्यले बनायो रेकर्ड

होमल्याण्ड खबर

२०८१ कार्तिक १३ गते, मंगलवार ११:३० मा प्रकाशित

सुनको मूल्यले दिनहुँ उच्च मूल्यको रेकर्ड बनाइरहेको छ ।

मंगलबार पनि छापावाल सुनको मूल्य तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा तोलामा १ हजार ५ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

यसअघि यही आइतबार तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ४० रूपैयाँले बढेर २ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।