बाढीपहिरोमा मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसको नगद सहयोग

होमल्याण्ड खबर

२०८१ कार्तिक १३ गते, मंगलवार १२:५२ मा प्रकाशित

बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई नेपाली कांग्रेसले नगद सहयोग गरेको छ।

नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले मंगलबार गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेलमा कार्यक्रम गरेर बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई सहयोग उपलब्ध गराएको हो।

असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण ललितपुरमा मृत्यु भएकाहरूको परिवारलाई नगद सहयोग गरिएको कांग्रेस ललितपुरले जनाएको छ। सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारका सदस्यहरूलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोगमा बाढीपहिरोमा मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराइएको हो।