८ मंसिर २०८१, शनिबार
संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रस्तावित राजदूत लम्सालको सुनुवाइ गर्दै सर्वसम्मतले उनको नाम अनुमोदन गरेको हो ।
सरकारले राजदूत पदमा सिफारिस गरेपछि लम्सालको संसदीय सुनुवाइका लागि भदौ ५ गते परराष्ट्र मन्त्रालयले समितिमा पत्र पठाएको थियो ।
समितिमा लम्सालबिरुद्ध एउटा उजुरी समेत परेको थियो । समितिमा लम्सालको सुनुवाइ गरेपछि योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतले उनको नाम अनुमोदन गरिएको हो ।