९ मंसिर २०८१, आईतवार
ज्योति विकास बैंक लिले नवलपुरको कावासोतीमा नयाँ शाखा बिस्तार गरेको छ ।
कावासोती नगरपालिका वडा नं ८ मा रहेको नयाँ शाखाको कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरुङ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक समारोहका बीच मंसिर १६ गते उद्घाटन गरेका छन् ।
हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत१८ अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ ।