प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

होमल्याण्ड खबर

२०८१ कार्तिक २१ गते, बुधबार १५:४९ मा प्रकाशित

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । ज्वरो आएर हिजोदेखि बालुवाटारमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ ।

सचिवालयले भनेको छ, ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेका छन् ।’

हिजोदेखि स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेकका भेटवार्ता रद्द गरेका थिए ।