उपनिर्वाचनको तयारीमा कांग्रेस : बागमती र लुम्बिनीका नेतृत्वसँग छलफल गर्दै

होमल्याण्ड खबर

२०८१ कार्तिक २३ गते, शुक्रबार १४:४२ मा प्रकाशित

मङ्सिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको नेपाली कांग्रेसले आज बागमती र लुम्बिनी प्रदेशका नेतृत्वसँग छलफल गर्दैछ ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समितिले दुई प्रदेशका नेतृत्वसँग छलफल गर्न लागेको हो ।

समिति सदस्य तथा स्थानीय तह समन्वयको जिम्मेवारी पाएका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।

‘हामी निरन्तर उपनिर्वाचन व्यवस्थापनमा जुटेका छौँ‚’ उनले भने‚ ‘आज बागमती र लुम्बिनीका साथीहरूसँग छलफल गर्दैछौँ ।’