८ मंसिर २०८१, शनिबार
कतार एअरवेजले भोलि (मंगलबार) देखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।
एअरवेजले सातामा सातैवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
कतार एयरवेजले १५ मंसिरसम्मका लागि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एउटा उडान गर्ने गरी क्यानमा विन्टर सेड्युल पेस गरेको थियो । सोहीअनुसार कतारले दोहा–भैरहवा–काठमाडौं–दोहा कुल १९ वटा उडान गर्न अनुमति पाएको हाे ।
यो वायुसेवाले हाल काठमाडौंबाट दैनिक ३ वटा उडान गर्दै आएको छ।
कतार एयरवेज थपिएपछि भैरहवाबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या ५ पुग्नेछ।