स्थानीय तह उपनिर्वाचन : कसले दिन पाँउछन् उम्मेदवारी ?

होमल्याण्ड खबर

२०८१ कार्तिक २७ गते, मंगलवार १५:१२ मा प्रकाशित

निर्वाचन आयोगले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धमा स्पष्ट पारेको छ ।

आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ र निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम आवश्यक निर्देशन दिने निर्णय गरेको प्रवक्ता नारायण प्रसाद सापकोटाले मंगलबार जानकारी दिए ।

जसमा कसले उम्मेदवारी दिन पाउने र कसले नपाउने भन्ने विषय स्पष्ट गरिएको छ ।

  • एक्काईस वर्ष उमेर पूरा भएको
  • उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको
  • कुनै कानूनले अयोग्य नभएको