न्याय सेवाका ५ उपसचिवसहित ४४ अधिकृतको सरुवा

होमल्याण्ड खबर

२०८१ कार्तिक २९ गते, बिहीबार १२:५४ मा प्रकाशित

न्याय सेवातर्फका राजपत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा भएको छ ।

सूची अनुसार उच्च अदालत सुर्खेतको जुम्ला इजलासका रजिष्ट्रार यमप्रसाद बास्कोटा उच्च अदालत पाटनको उपरजिष्ट्रारमा काजमा खटाइएका छन् भने रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारीको सर्वोच्च अदालतमा काज सरुवा भएको छ ।

यस्तै नुवाकोट जिल्ला अदालतका श्रेस्तेदार खेमकुमार बस्नेतको सर्वोच्च अदालत र उच्च अदालत पाटनका उपरजिष्ट्रार विमलप्रसाद पराजुलीको नुवाकोट जिल्ला अदालतको स्रेस्तेदारमा काज सरुवा भएको छ ।