८ मंसिर २०८१, शनिबार
सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज (बिहीबार) तेस्रो दिन पनि बयान जारी छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तेस्रो दिनको बयान बिहान साढे १० बजे सुरु भएको हो । रविसँग मंगलबार र बुधबार गरी १३ घण्टा लामो बयान लिइँदा समेत बयान नसकिएपछि आज पनि लिइएकाे हाे। बयान आजै सकिने सम्भावना छ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमको अनुसन्धान गर्न मंगलबार रुपन्देही ल्याइएको हो ।