३० कार्तिक २०८१, शुक्रबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा जस्तै संसद विघटन हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमललाई सम्बोधन गर्दै अहिले कहीँ न कहीँ देशलाई पछाडि फर्काउन खोज्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।
उनले भने, ‘हामीले विगतमा पटक पटक संविधानको मर्म र भावना विपरीत संसद् विघटन गरेर देशलाई अर्को भुमरीतिर लैजाने प्रयासका विरुद्ध हामी लोकतन्त्रवादी वामपन्थीहरू मिलेर असफल पारेको हो, अस्ति भर्खरको इतिहास हो यो । अहिले पनि त्यो कोसिस कतैबाट हुन थाल्यो भने त्यसलाई रोक्न परिवर्तनको हिस्सेदारहरू, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएकाहरू सूचक हुनुपर्ने आवश्यकता छ । फेरि विगतको जस्तै संविधानलाई मिच्ने, संसद विघटन गर्ने कोसिस सफल नहोस् । देशलाई फेरि प्रतिगमनतिर लैजाने कोशिस हुनसक्ने भएकाले सर्तक हुनुपर्नेछ ।’
उनले अराजकतवादीहरूले जनतामा फैलिँदो निराशालाई उपयोग गरेर त्यसको माध्यमबाट प्रतिक्रान्तितिर लैजाने प्रयास भइरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने बताए ।