प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोडभन्दा बढी रकम जम्मा

होमल्याण्ड खबर

२०८१ कार्तिक ३० गते, शुक्रबार १६:३८ मा प्रकाशित

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोड ११ लाख ६७ हजार ९५ रुपैयाँ रकम जम्मा भएको छ ।

गत असोजमा अविरल वर्षापछि आएको बाढी तथा पहिरोले देशैभर ठूलो जनधनको क्षति गरेपछि सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

त्यसपछि कोषमा व्यक्ति, संघसंस्था र सरकारी निकायले रकम जम्मा गर्दै आएका छन् । अहिलेसम्म ९६ भन्दा बढी संघसंस्था तथा व्यक्तिले कोषमा रकम जम्मा गरेका छन् ।

०८१ असार मसान्तसम्म कोषमा एक अर्ब ५६ करोड ९८ लाख ९८ हजार ६८ रुपैयाँ रहेको थियो ।