२ मंसिर २०८१, आईतवार
आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ थियो ।
सुनको भाउ यसअघि कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला १९१० रुपैयाँ रहेकोमा आज १९०५ रुपैयाँ छ ।