दार्चुलाको हिकिलामा नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ मंसिर १७ गते, सोमबार १५:३२ मा प्रकाशित

नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम जिल्ला दार्चुलामा शाखा विस्तार गरेको छ । प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८ औं शाखा विस्तार गरेको हो ।

सदरमुकामबाट १९ किलोमिटरको दूरीमा रहेको अतिविकट क्षेत्र दुहु गाविसमा ११ हजार जनसंख्या बसोबास गर्छन् । तिङ्कार सडकखण्डअन्तर्गत दुहुका स्थानीयको मुख्य पेसा जडीबुटी हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ साथै विपन्नवर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेस्टमेन्ट बैंक एक मात्र बैंक छ ।

नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको १०७ वटा एटीएम पुगेको छ । बैंकको सञ्जालमा भिसा तथा एनपिएन सदस्य बैंकका १ हजार बढी एटीएम छन् भने ३ हजार बढी पस टर्मिनल जडान भइसकेका छन् । बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौवटा राजस्व संकलन केन्द्र छन् ।