विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

होमल्याण्ड खबर

२०८१ मंसिर ४ गते, मंगलवार १४:४७ मा प्रकाशित

देशमा विदेशी मुद्राको सञ्चिति करिब साढे ९ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार यस्तो देखिएको हो ।

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले बढेर असोज मसान्तमा २२ खर्ब ३२ अर्ब पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मायो सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको अनुमान छ ।न्दा